सप्तरी, १६ पुस । निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा एल.पी. ग्याँसको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै एल.पी. ग्याँसको बिक्री मूल्य भने यथावत् राखिएको उल्लेख छ।














