काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारमा भेटेर राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा दिँदै मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा आबद्ध भई सक्रिय राजनीतिमा लागेपछि प्रधानमन्त्री कार्कीले उनलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएकी थिइन्।
घिसिङ यसअघि अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका थिए। उक्त पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण भएपछि उनी रास्वपाको वरिष्ठ उपसभापति बनेका थिए।
घिसिङ गत भदौ ३० गते मन्त्री पदमा नियुक्त भएका थिए। उनको राजीनामापछि मन्त्रिपरिषद् पुनःगठनको सम्भावना बढेको छ।












