काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आइतबार भारतको दिल्लीस्थित आफ्नै निवासमा हृदयाघात का कारण निधन भएको हो ।
इन्डियन आइडल सिजन–३ का विजेता तामाङ नेपालमा अत्यन्त लोकप्रिय थिए । उनले गाएका थुप्रै नेपाली गीतहरू श्रोतामाझ चर्चित छन्।
गायनसँगै उनले नेपाली चलचित्र क्षेत्रमा पनि अभिनय गर्दै छुट्टै पहिचान बनाएका थिए । उनको निधनको खबरले नेपाली सांगीतिक तथा चलचित्र क्षेत्र शोकमा डुबेको छ ।
उनका प्रशंसक तथा सहकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।











