मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

सुनसरी, १ माघ । सुनसरी जिल्लामा ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गत प्रहरी चौकी अमडुवा, दुहबीबाट खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ हरबनी क्षेत्रबाट बेवारिसे अवस्थामा ५ सय ५४ किलो लागू औषध गाँजा बरामद गरेको हो ।

बुधबार विशेष सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा बर्जु गाउँपालिका–४ स्थित बाँसको झ्याङभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा विभिन्न पोका बनाएर लुकाइएको अवस्थामा भेटिएको जनाइएको छ ।

लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरू फरार रहेको आशंका गरिएको छ । घटनापछि प्रहरी टोलीले गाँजा ओसारपसारमा संलग्न व्यक्ति वा समूहको पहिचान तथा खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page