अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

राजविराज, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले माघ २ गते देखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो। 

यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ। 

इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको जनाएको छ। 

मूल्य घटेसँगै उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

   

You cannot copy content of this page