समाचार

सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी, करिब ६ लाख बराबरको क्षति

कञ्चनरूप, २ माघ । सप्तरी जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरी टोलमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत अस्थायी प्रहरी पोस्ट त्रिकोलका अनुसार बिहीबार अपराह्न करिब ४ः४० बजे स्थानीय योगेन्द्र भरकेट (यादव)को खरको छानो तथा बाँसको टाटीबेरा भएको फुसको एक कोठे घरमा आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरभित्र पूजा गर्न बालिएको दियोबाट अचानक आगो सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

आगलागीबाट घरसहित घरभित्र रहेको काठको दराज दुई थान, स्टिलको दराज एक थान, ३५ तोलाका विभिन्न चाँदीका गरगहना, ३ तोलाको सुनका गरगहना, नगद रु १ लाख २५ हजार, ४० मन धान, १० मन चामल तथा खेतको लालपुर्जा, नागरिकता लगायतका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । 

आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, कञ्चनरूप नगरपालिका अन्तर्गतको दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page