समाचार समाज

महादेवा गाउँपालिका अकबरपुरमा आगलागी, लाखौँको क्षति

कञ्चनरूप, ३ माघ । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–२ स्थित अकबरपुर टोलमा शुक्रबार राति करिब १२:१० बजे भीषण आगलागी हुँदा ठूलो क्षति भएको छ । स्थानीय बद्री मण्डलको तीन वटा घरमा आगलागी भएको हो ।

आगलागीबाट तीनवटा घर, तीनवटा खसी–बाख्रा, अन्न, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामान जलेर खरानी भएको स्थानीयले बताएका छन् । 

आगलागीको समयमा अधिकांश परिवार सुतिरहेका थिए । समयमै स्थानीयवासीको सक्रियतामा मानवीय क्षति भने हुन पाएन ।

आगो निभाउन स्थानीयवासी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । 

आगलागीको कारण खुल्न नसकेको भए पनि विद्युत् सर्टसर्किट वा खुला आगोबाट भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page