मधेस प्रदेश समाचार

मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

सप्तरी, १५ माघ । मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज बिहीबार जारी गर्नुभएको सूचनाअनुसार मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयबमोजिम माघ १८ गते सार्वजनिक बिदा दिइने भएको हो।
सूचनामा मधेस प्रदेशसहित देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायप्रति सम्मान व्यक्त गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।

   

You cannot copy content of this page