काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको भन्दै अभिव्यक्ति दिई अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रदर्शनको क्रममा सिंहदरबारमा आगजनी गरेको भन्दै उक्साउने तथा भिडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा चितवन जिल्ला खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका वर्ष ३६ का महेन्द्र गौतमलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका गौतमलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई पाँच दिनको म्यादमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उक्त घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।















