महोत्तरी । जिल्ला महोत्तरीको सोनमा गाउँपालिका–५ स्थित गेरुका खोलाको छेउबाट भन्सार छलि चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको चार लाख ८० हजार रुपैयाँ बराबरको फूलको टोकरी प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार माघ २१ गते बुधबार साँझ करिब ६ः३० बजे खटिएको प्रहरी टोलीले गस्ती तथा चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइँदै गरिएको फूलको टोकरी ३२ थान बरामद गरेको हो। बरामद गरिएको फूलको टोकरीको अनुमानित मूल्य रु. ४,८०,००० रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि बिहीबार जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भन्सार छलि हुने अवैध गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप कडा बनाइएको छ ।












