शनिबार, २९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २९ कात्तिक २०८३
खेलकुद

आयोजक रिभर साइडलाई ३–० ले हराउँदै सोमबारे उदयपुर फाइनलमा

कञ्चनरुप, २९ माघ । सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सोमबारे फुटबल क्लब, चतरा, उदयपुरले सानदार जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
बिहीबार सम्पन्न खेलमा सोमबारेले आयोजक रिभर साइड युवा क्लब, धरमपुर, सप्तरीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको सोमबारेले पहिलो हाफमै खेलमा पकड जमाएको थियो। टोलीका दिपेश तामाङले दुई गोल गर्दै जितको आधार तयार पारे भने थप एक गोल कृष्ण राईले गर्दै टोलीलाई सहज जित दिलाए।
उत्कृष्ट प्रदर्शनका कारण दुई गोलकर्ता दिपेश तामाङ खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। आयोजक टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल फागुन १ गते शुक्रबार गेरबाबा फुटबल क्लब, अर्जुनधारा, झापा र विराटनगर स्पोर्ट्स एकेडेमी, मोरङबीच हुने आयोजकले जनाएको छ। उक्त खेलको विजेताले सोमबारेसँग उपाधिका लागि फाइनल खेल खेल्नेछ।
रिभर साइड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
फाइनल खेल फागुन ३ गते आयोजना हुने जनाइएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page