सप्तरी, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमका अनुसार, पेट्रोलमा १ र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ ।
यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ ।
यस्तै चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।













