सुनसरी, ६ फागुन । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मंगलबार इनरुवा नगरपालिका–५ स्थित सब्जी बजारमा किनमेलका क्रममा ५०० दरको नोट नक्कली भएको आशंका उत्पन्न भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचनापछि खटिएको प्रहरी टोलीले इनरुवा–१० का २५ वर्षीय आजाद मियालाई नियन्त्रणमा लिएको हो ।
शरीर खानतलासी गर्दा मियाको साथबाट ५०० दरका ८ थान नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मियामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।












