समाचार

प्रहरीद्वारा कपडा तथा किराना सामानसहितका अवैध सामग्री नियन्त्रण

कञ्चनरुप, ६ फागुन । जिल्ला प्रहरी कार्यालय राजविराजले कपडा तथा किराना सामानसहितका अवैध रूपमा भित्र्याइएका सामग्री नियन्त्रणमा लिएको जनाएको छ।
कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिति र समयमा भारतबाट भन्सार छलि अवैध रूपमा ल्याइएका कपडा तथा किराना सामानहरू प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामग्रीको अनुमानित मूल्य करिब ४ लाख ३९ हजार २३० रुपैयाँ रहेको उल्लेख गरिएको छ।
नियन्त्रणमा लिइएका उक्त सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page