राजनीति समाचार

नेकपा (एमाले) को घोषणापत्र सार्वजनिक, समृद्धिका २५ नीति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली–राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’को मूल नारासहित बिहीबार एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्र सार्वजनिक समारोहमा अध्यक्ष ओलीले राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट पार्नुहुर्दैै नीति र राजनीतिमा स्थिरता नभए अर्थतन्त्र र विकासको गति रोकिने पनि जिकिर गर्नुभयो ।
नेकपा एमालेले जारी गरेको घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ नीतिगत काम सहित युवा तथा महिला उद्यम, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र आर्थिक क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ ।


जारी घोषणा पत्रमा १८ देखि २८ वर्ष उमेर समूहका युवालाई हरेक महिना निःशुल्क १० जीवी इन्टरनेट डाटा उपलब्ध गराइने, युवा उद्यमीलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको कर्जा उपलब्ध गराइने, विदेशी कम्पनीमा सेयर खरिद गर्न सक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाइने उल्लेख छ ।
एमालेले श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउने, श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्यूनतम मासिक पारिश्रमिक रु २५ हजार पुऱ्याउने उल्लेख गरेको हो।
एमालेले स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता पुर्‍याउने र सामाजिक सुरक्षामा आवद्ध गराउने जनाएको छ।
यसैगरी, ५ लाखसम्मको जीवन बीमा निःशुल्क, गरिब परिवारले लिएको २५ हजारसम्मको ऋण मिनाहा, ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने घोषणासहित सूचना प्रविधि क्षेत्रमा वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरिएको छ ।

   

You cannot copy content of this page