राष्ट्रिय समाचार

२० देखि २२ गतेसम्म ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। निर्वाचनको दिन मतदाताहरूलाई सहज रूपमा मतदान गर्न वातावरण बनाउन र उत्साहजनक सहभागिता सुनिश्चित गर्न बिदा दिइएको जनाइएको छ।
निर्वाचन आयोगले पनि मतदानमा व्यापक जनसहभागिता गराउने उद्देश्यले बिदा दिन सरकारलाई आग्रह गरेको थियो। सोही आग्रहका आधारमा सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

१८ फागुनमा सोमबार पहाडी जिल्ला र १९ फागुनमा तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ ।

   

You cannot copy content of this page