समाचार

निर्वाचनलाई लक्षित सप्तरीका भारतीय सीमा नाका तीन दिनका लागि बन्द

कञ्चनरुप, १३ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरीका भारतीय सीमा नाका तीन दिनका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार जारी गरेको प्रेस सूचनामा फागुन १९ गते राति १२ बजेदेखि फागुन २१ गते रातिसम्म भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा हस्ताक्षरित सूचनामा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयमुक्त तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
प्रशासनले सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई सूचनाको पालना गरी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्नसमेत आग्रह गरेको छ।

   

You cannot copy content of this page