समाचार

देश एक, रगत एक’ : एकताको सन्देश विश्वभर चर्चामा

कञ्चनरुप (सप्तरी) । नेपाली र्‍यापर सेखर कुमार वाग्ले (र्‍यापर सिड वाग्ले) ले दिएको एकताको सन्देश यतिबेला देश तथा विदेशमा व्यापक चर्चा बटुलिरहेको छ।
उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको भनाइ— “देश एक, रगत एक तर जात, धर्म र सोच किन अनेकरु हामी सबै एक हौँ, नेपाल हाम्रो साझा धर्ती हो।” — अहिले तीव्र रूपमा फैलिएको छ।
र्‍यापर सिड वाग्लेले मानिसबीच विभाजनभन्दा मानवता, सम्मान र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार जात, धर्म वा विचार फरक भए पनि नेपालीको पहिचान एउटै देश र एउटै भावनाले जोडिएको हुन्छ।
उनले सबै समुदायप्रति समान माया र सम्मान राख्नुपर्ने सन्देश दिँदै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता नै नेपालको वास्तविक शक्ति भएको बताएका छन्।
उनको उक्त अभिव्यक्ति अहिले विभिन्न देशमा रहेका नेपाली समुदायमा समेत साझा भावना र सकारात्मक सन्देशका रूपमा फैलिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको विचारलाई “एकता र मानवताको आवाज” भन्दै समर्थन जनाएका छन्। धेरैले यस सन्देशले समाजमा सकारात्मक सोच र आपसी सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

   

You cannot copy content of this page