समाचार

सप्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ५६.२६ प्रतिशत मत खस्यो

कञ्चनरुप, २१ फागुन । सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । सप्तरीमा कुल मतदाता संख्यामध्ये ५६.२६ प्रतिशत हाराहारी मत खसेको छ ।
सप्तरी जिल्लाभरमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ५६.२६ प्रतिशत हाराहारी मत खसेको हो । यस जिल्लामा चार निर्वाचन क्षेत्र रहेको छ ।
जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको छ ।
मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढाइने बताइएको छ ।

सप्तरी १ का लागि  कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ स्थित रौनियार सेवा समिति भवनमा, २ का लागि राजविराज- ७ स्थित जिल्ला खेलकुद विकास समिति भवनमा, ३ का लागि शम्भुनाथ नगरपालिका- ७ को वडा कार्यालय भवनमा र ४ का लागि  खडक नगरपालिका- ७ को कार्यालय भवनमा मतगणनास्थल बनाइएको छ।

   

You cannot copy content of this page