राजनीति

जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतको जमानत जफत

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायत अत्यन्तै कम मत प्राप्त गर्दै पराजित भएकी छन्।
अन्तिम मत परिणामअनुसार कठायतले जम्मा ३९८ मत मात्रै प्राप्त गरेकी छन्। आवश्यक मत प्राप्त गर्न नसकेपछि निर्वाचन आयोग नेपालको व्यवस्थाअनुसार उनको जमानत जफत भएको हो।
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन्। शाहीको जितसँगै राप्रपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पहिलो जित दर्ता गरेको छ।
देशभर रास्वपाको लहर देखिएको अवस्थामा जुम्लामा भने पार्टीले अपेक्षित परिणाम निकाल्न सकेन।
कठायत यसअघि रास्वपाबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेकी उनी हजार मत पनि कटाउन नसक्दा पराजित भइन्।

   

You cannot copy content of this page