राजनीति समाचार

ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी

काठमाडौं । ताप्लेजुङमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे विजयी भएका छन्।
निर्वाचनको अन्तिम मत परिणामअनुसार थेवेले १३ हजार ९६२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत ल्याएका छन्।
यसअघिको निर्वाचनमा पनि यस क्षेत्रबाट एमालेकै योगेश भट्टराई विजयी भएका थिए।

   

You cannot copy content of this page