जनकपुर । सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ।
निर्वाचन आयोग नेपालका अनुसार शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यस क्षेत्रमा प्रतिस्पर्धा गरेका ३१ जना उम्मेदवारमध्ये २९ जनाको जमानत जफत भएको हो।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्षसमेत रहेका महतोले कुल ७२ हजार ३८१ सदर मतमध्ये ५ हजार ९९२ मत प्राप्त गरेका छन्, जुन कुल सदर मतको ८.२८ प्रतिशत मात्र हो। आवश्यक मत प्राप्त गर्न नसकेपछि उनको जमानत जफत भएको हो।
यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन महतो ४२ हजार ५१२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनले कुल सदर मतको ५८.७३ प्रतिशत मत पाएका हुन्।














