कञ्चनरुप, २३ फागुन । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह भारी मतान्तरले विजयी भएका छन् । उनी ३६ हजार ४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तेजुलाल चौधरीले १२ हजार ९९३ मत प्राप्त गरे । साह र चौधरीबीचको मतान्तर २३ हजार ४८ रहेको छ ।
यस्तै जसपा नेपालका उमेदवार डा बबी सिंहले १० हजार ३१३ मत प्राप्त गरेका निर्वाचनको कार्यालयले जनाएको छ ।










