कञ्चनरूप, २४ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार पुष्पा कुमारी चौधरी विजयी भएकी छन्। उनले राष्ट्रिय स्वाभिमान पार्टी का उम्मेदवार सुनिता कुमार साह लाई भारी मतान्तरले पराजित गर्दै विजय हासिल गरेकी हुन्।
आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चौधरीले ३८ हजार १९५ मत प्राप्त गर्दै जित हासिल गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी साहले ७ हजार ८४७ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमनराज प्याकुरेल ले ७ हजार ६५२ मत, नेपाली काँग्रेस का रामदेव साह ले ६ हजार ९९४ मत प्राप्त गरेका छन्।
त्यस्तै जनमत पार्टी का डा. जयकान्त राउत ले ४ हजार ८३३ मत, जनता समाजवादी पार्टी नेपाल का श्यामसुन्दर सरदार ले २ हजार ५५८ मत पाएका छन्।अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टी का रविन्द्र चौधरी ले १ हजार ६०५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी की सत्यजीत कुमारी झाले४२२ मत, नेपाल जनता संरक्षण पार्टी का प्रेमराज जोशी ले २९८ मत तथा उज्यालो नेपाल पार्टी का हर्ख नारायण चौधरी ले २८९ मत प्राप्त गरेका छन्।

















