संखुवासभा, २६ फागुन । संखुवासभाको भोटखोला गाउँपालिका–४ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका धनमान विश्वकर्मा रहेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले सोमबार धनमान विश्वकर्माको घरमा खोजतलास गरेको थियो। खोजतलासका क्रममा उनले आफ्नै घरभित्र लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















