समाचार समाज

सप्तरीमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

कञ्चनरुप, ५ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ । पक्राउ परेका प्रतिवादी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ का बासिन्दा रहेको जनाइएको छ।
प्रहरीका अनुसार राजविराज अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका व्यक्तिलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरलिे जनाएको छ ।
अदालतले उनलाई १ वर्ष ६ महिनाको कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। फरार रहेका उनलाई प्रहरीले ५ गते बिहीबार अदालतमा पेश गरेको जनाएको छ ।
प्रहरीले फरार अपराधीको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

   

You cannot copy content of this page