काठमाडौं । देशको ४७ औँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते शपथ लिने भएका छन्।
बिहीबार साँझ भएको रास्वपा शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको जनाइएको छ।
यस्तै, बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवननिर्वाचित सांसदको शपथ ग्रहण तय गरेको थियो। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो।
सांसदले शपथ लिएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको जनाइएको छ।












