समाचार

कञ्चनरुप नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा थापा मगर आउँदै

कञ्चनरुप, १६ चैत । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहँदै आएको सप्तरीको कञ्चनरुप नगरपालिकासहित देशका विभिन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिहरूमा कर्मचारी खटाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सोमबार उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको हो। मन्त्रालयका अनुसार केही कर्मचारीको औपचारिक सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा काजका रूपमा खटाइएको छ।

यसै क्रममा सप्तरीस्थित कञ्चनरुप नगरपालिका मा उपसचिव तुल राज थापा मगर लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित काजमा पठाइएको मन्त्रालयले जनाएको छ।

नयाँ अधिकृतको आगमनसँगै प्रशासनिक कामकाज प्रभावकारी हुने अपेक्षा गरिएको छ।

   

You cannot copy content of this page