समाचार समाज

सप्तरीमा लागुऔषधसहित ४ जना पक्राउ, २ मोटरसाइकल बरामद

कञ्चनरुप, १६ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका २ का ३६ बर्षिय मो मुस्ताक, सप्तकोसी नगरपालिका ८ का बर्ष २३ का कृष्ण कुमार खंग सोही स्थान बस्ने बर्ष २५ का राज कुमार बहदार र रुपनी ६ वस्ने सितल मगर रहेका छन् ।
प्रहरीका अनुसार अग्नीसाइर कृष्णासवरण गाउँपालिका–१ घोघीदहस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
लागूऔषध विक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा मुस्ताक चढेको ना २६प ९०३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनले बोकेको कालो प्लास्टिक झोलाबाट डाइजापाम ७ पिस,आइपिपिएल ७ पिस,फेरागन ९ पिस गरि जम्म २३ पिस निषेधित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये अन्य तीनजना भने लागूऔषध किन्नमा संलग्न भएको आरोप छ । प्रहरीले उनीहरु चढेर आएको को २९ प ६१०६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page