राजविराज, १९ चैत । सप्तरीको भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बालेश्वर चौधरी, कुलानन्द ठाकुर तथा अन्य दुई जना रहेका छन्।
प्रहरीले बिहीबार कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरू लेखापढी व्यवसायमा संलग्न रहेको प्रारम्भिक स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बर बहादुर पुरीका अनुसार पक्राउ परेकाहरूलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।










