अर्थतन्त्र समाचार

पेट्रोलको मूल्य २ सय नाघ्यो, डिजेल १८० रुपैयाँ आसपास (सूचीसहित)

सप्तरी । नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार नयाँ मूल्य चैत २० गते बिहानैदेखि लागू गरिएको हो ।

नयाँ समायोजनसँगै विभिन्न वर्गअनुसार इन्धनको मूल्य यसप्रकार रहेको छः

🔹 तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल)

  • पेट्रोल: प्रतिलिटर २०२ रुपैयाँ (पहिले १८७)
  • डिजेल/मट्टितेल: प्रतिलिटर १८२ रुपैयाँ (पहिले १६७)

🔹 पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज)

  • पेट्रोल: प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा (पहिले १८४)
  • डिजेल/मट्टितेल: प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा (पहिले १६४ रुपैयाँ ५० पैसा)

🔹 दोस्रो वर्ग (सुर्खेत, दाङ)

  • पेट्रोल: प्रतिलिटर २०१ रुपैयाँ (पहिले १८६)
  • डिजेल/मट्टितेल: प्रतिलिटर १८१ रुपैयाँ (पहिले १६६)

मूल्यवृद्धिसँगै बजारमा ढुवानी तथा उपभोग्य वस्तुको मूल्यसमेत प्रभावित हुने अनुमान गरिएको छ ।

   

You cannot copy content of this page