सप्तरी । नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।
निगमका अनुसार नयाँ मूल्य चैत २० गते बिहानैदेखि लागू गरिएको हो ।
नयाँ समायोजनसँगै विभिन्न वर्गअनुसार इन्धनको मूल्य यसप्रकार रहेको छः
🔹 तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल)
- पेट्रोल: प्रतिलिटर २०२ रुपैयाँ (पहिले १८७)
- डिजेल/मट्टितेल: प्रतिलिटर १८२ रुपैयाँ (पहिले १६७)
🔹 पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज)
- पेट्रोल: प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा (पहिले १८४)
- डिजेल/मट्टितेल: प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा (पहिले १६४ रुपैयाँ ५० पैसा)
🔹 दोस्रो वर्ग (सुर्खेत, दाङ)
- पेट्रोल: प्रतिलिटर २०१ रुपैयाँ (पहिले १८६)
- डिजेल/मट्टितेल: प्रतिलिटर १८१ रुपैयाँ (पहिले १६६)
मूल्यवृद्धिसँगै बजारमा ढुवानी तथा उपभोग्य वस्तुको मूल्यसमेत प्रभावित हुने अनुमान गरिएको छ ।














