समाचार समाज

सप्तरी : गाईको मासु जस्तो देखिने १३ किलो बढी मासुसहित रहमत पक्राउ

राजविराज, २२ चैत । सप्तरी प्रहरीले गाईको मासु जस्तो देखिने १३ किलोभन्दा बढी मासुसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार दिउँसो करिब १ः३० बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित क्षेत्रमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको मासु बरामद गरिएको हो।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ बस्ने करिब ५० वर्षीय रहमत अली रहेका छन्। विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको विङ्गर गाडीको सिट मुनी लुकाइ ल्याइएको अवस्थामा मासु फेला परेको हो । सिटमुनी राखिएको बोराबाट १३ किलो ५०० ग्राम मासु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
बरामद गरिएको उक्त मासुसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक पुरीले बताउनुभयो ।
पक्राउ परेका रहमतलाई पशुपन्छीसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

   

You cannot copy content of this page