समाचार समाज

सप्तरीमा बाल विवाह र चोरी उद्योगमा संलग्न तीन जना पक्राउ

कञ्चनरुप, २३ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा संलग्न तीन जना व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार बाल विवाह र चोरी उद्योग सम्बन्धी दुई छुट्टाछुट्टै घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार सोमबार साँझ राजविराज नगरपालिका–६ मा बाल विवाह भइरहेको सूचनाका आधारमा खटिएको टोलीले १४ र १६ वर्षीय बालकलाई बालिकाको विवाह रोक्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उक्त घटनामा संलग्नलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।
त्यस्तै, सोही दिन दिउँसो करिब १ः३० बजे राजविराज नगरपालिका–७ स्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरमा चोरी गर्ने प्रयास गरेको आरोपमा खडक नगरपालिका–७ बस्ने १८ वर्षीय किशोर मओ बरकतलाई प्रहरीले पक्राउ गरेको छ।
जाहेरीका आधारमा उनले सेवाग्राही खिलेश्वर गुलेर यादवको झोलाबाट नगद चोरी गर्ने प्रयास गरेको खुल्न आएको प्रहरीको भनाइ छ। चोरी उधोग कसुर मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
प्रहरीले यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न नहुन तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

   

You cannot copy content of this page