कञ्चनरुप, २५ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले लेनदेन तथा बैंकिङ कसुर मुद्दाका फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका–१ बस्ने ओम प्रकाश यादव रहेका छन्। उनलाई लेनदेन सम्बन्धी मुद्दामा २ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद सजाय तोकिएको थियो।
यस्तै, सप्तरी राजविराज नगरपालिका–१ का नागेन्द्र प्रसाद साहलाई बैंकिङ कसुर मुद्दामा ७ लाख ७५ हजार रुपैयाँ जरिवाना तथा पाँच दिन कैद सजाय तोकिएको थियो।
प्रहरीका अनुसार दुवै जनालाई फैसला कार्यान्वयनका लागि पक्राउ गरी अदालतमा पेश गरि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।









