अर्थतन्त्र समाचार

पेट्रोल, डिजेलमा फेरि भारी मूल्यवृद्धि, ग्यासको मूल्य पनि बढ्यो

सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ।

निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाएको हो।

नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर २५/२५ रुपैयाँले मूल्य बढाइएको छ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले वृद्धि गरिएको छ। हवाई इन्धन (आन्तरिक) मा पनि प्रतिलिटर ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोलको मूल्य २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेल २०७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।

निगमका अनुसार पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो।

   

You cannot copy content of this page