समाचार

कोशी मेलाबाट हराएका बालक भेटिए, अभिभावकलाई बुझाइयो

कञ्चनरुप, २८ चैत । सप्तरी जिल्लामा हराएका एक बालकलाई प्रहरीले सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–६ बस्ने जय कृष्ण यादवका १४ वर्षीय छोरा अमन कुमार यादव कोशी मेलाबाट हराएका थिए।
बालक हराएको भन्दै उनका अभिभावकले प्रहरीमा निवेदन दिएपछि खोजतलास तीव्र बनाइएको थियो। खोजी कार्यकै क्रममा प्रहरीले उनलाई हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित हनुमाननगर बजार क्षेत्रबाट शनिबार फेला पारेको जनाएको छ।
फेला परेका बालकलाई इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी पुनः उनका बुबा जय कृष्ण यादवसहित परिवारजनलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले बालक सकुशल फेला परेको र परिवारको जिम्मा लगाइएको जनाएको छ।

   

You cannot copy content of this page