कोशी प्रदेश समाचार समाज

लोड गरिएको भरुवा बन्दुकसहित २३ वर्षीय युवक पक्राउ

धनकुटा, २१ जेठ । धनकुटामा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी गस्ती टोलीले धनकुटा नगरपालिका–९ निवासी २३ वर्षीय विजय राईलाई लोड गरिएको भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार जेठ २० गते नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका राईलाई जाँच गर्दा उनीसँग रहेको एक थान भरुवा बन्दुक फेला परेपछि नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेका राई तथा बरामद गरिएको भरुवा बन्दुकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ।

   

You cannot copy content of this page