धरान, २९ असोज। सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ बेलहरा निवासी ३६ वर्षीय दिपेन्द्र राज राई रहेका छन्।
दुर्घटनापछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












