सोमबार, १० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १० कात्तिक २०८३
कोशी प्रदेश

उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना, १५ जना घाइते

उदयपुर, ९ कार्तिक । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। ब्रेक फेल भएर अनियन्त्रित बनेको जिप सडकबाट करिब १० मिटर तल खसेको हो।

प्राप्त जानकारीअनुसार, प्रदेश ३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटनामा परेको थियो। दुर्घटनामा जिप चालकसहित १५ जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते हुनेमा जिप चालक कटारी नगरपालिका–११, उदयपुरका २९ वर्षीय निर्पबहादुर खड्का, झापाको बिर्तामोड नगरपालिका–६ की ३७ वर्षीया मेनुका मगर भुजेल, उनका १४ वर्षीय छोरा रेहान भुजेल र ७ वर्षीया छोरी प्रिन्सिका भुजेल रहेका छन्।

त्यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा, कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर, कटारी नगरपालिका–२ की ६० वर्षीया गोमा श्रेष्ठ, कटारी नगरपालिका–५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल पनि घाइते भएका छन्।

अन्य घाइतेमा कटारी नगरपालिका–११ की २१ वर्षीया निर्मला राउत, सोही ठाउँकी २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली नगरपालिका–११ का प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल रहेका छन्।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो। घाइतेमध्ये ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

जिप चालक निर्पबहादुर खड्का सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page