आइतबार, ७ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ७ मंसिर २०८३
कोशी प्रदेश

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

मोरङ, ६ मंसिर । मोरङको लेटाङ नगरपालिका क्षेत्रमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको हो।
घटनासम्बन्धी जाहेरी मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सूक्ष्म अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रहरीले मंसिर ५ गते लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भनिने भुवानीप्रसाद लम्साललाई आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका लम्सालविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page