काठमाडौं । नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन्।
सुस्ता गाउँपालिका २ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले मंगलबार दिउँसो ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय छोरा सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन्।
घटनास्थलदेखि एक सय मिटर तल छोराहरूको हातलाई सलले बाँधेको अवस्थामा तीनै जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्।
सो घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गण्डक नहरमा दुई छोरासहित हाम फालेकी प्रतिमाको शव भेटियो











Add Comment