समाचार समाज

कोशी व्यारेजमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना गम्भीर घाईते

राजविराज, १७ चैत । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ५५७६ नम्बरको कारको टायर पम्चर भई अनियंत्रित हुँदा दुर्घटना भएको थियो । दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका ५ का ६५ वर्षीय लिल बहादुर कार्कीको मृत्यु भएको हो । गम्भीर घाईते कार्कीको विराटनगर स्थित नोबेल अस्पतालमा विहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कारमा सवार उदयपुर त्रियुगा नगरपालिका १० का ८३ वर्षीय योग्य बहादुर कार्की र कार चालक खोटाङ मार्फा २ का ५९ बर्षिय राज कुमार नेपाल घाईते भएका छन् ।
उनीहरुको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page