खेलकुद समाचार

जगतपुर फुटबल क्लब नन्दराज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

कञ्चनरूप , १४ फागुन  । रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चननरुप-१२ रुपनगरद्वारा आयोजित नन्दराज कप फुटबल प्रतियोगिताको पहिलो  सेमिफाइनल खेलमा जगतपुर फुटबल क्लबले रुपनगर क्याम्पसलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

बुधबार  कन्चनरुप १२ स्थित सुन्दरी खेल मैदानमा भएको खेलमा जगतपुर फुटबल क्लबले रुपनगर क्याम्पसलाई  २-१ गोलको अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

खेल शुरु भएको पहिलो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो दोस्रो हाफको १० औं मिनेटमा जगतपुर फुटबल क्लबका जर्सि नम्बर २८ का प्रवेश चौधरीले १ गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा रुपनगर क्याम्पसका जर्सि नम्बर ७ का आनन्द चौधरीले १ गोल गरि खेललाई बराबरीमा ल्याएका थिए ।

२५ औं मिनेटमा जगतपुर फुटबल क्लबका जर्सि नम्बर २३ का सुशील चौधरीले १ गोल गरि खेल २-१ गोलमा पुग्न गइ  आफ्नो टिमलाई फाइनलमा पुर्याउन सफल भएका थिए ।

जगतपुर फुटबल क्लबका जर्सि नम्बर  २९ का शुभकान्त चौधरी म्यान अफ दि म्याच भए ।

दोस्रो सेमिफाइनल बिहीवार मा दुर्गा युवा क्लब र महुली फुटबल क्लब बिच हुने क्याम्पस प्रमुख प्राध्यापक दिपक कुमार गजुरेलले बताए ।

फाइनल खेल १७ गते शनिबार हुने क्याम्पसका खेलकुद संयोजक रुपेश चौधरीले बताए ।

   

You cannot copy content of this page