समाचार

प्रेस चौतारीको महाधिवेशन मिति सर्‍यो, चैत १० देखि १२ गतेसम्म हुने 

कञ्चनरूप, १५ फागुन । प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको मिति सरेको छ ।

फागुन २५ देखि २७ सम्म आयोजना गर्ने भनिएको महाधिवेशन चैत १० र १२ गते विराटनगरमा नै हुने भएको हो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले पूर्वनिर्धारित समयमा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न हुन नसकेको कारण फागुन २५ देखि २७ सम्म आयोजना गर्ने भनिएको महाधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा नै गर्ने निर्णय गरेको हो । 

महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- नेपाली श्रमजीवी पत्रकारहरुको सबैभन्दा अग्रणी र गौरवशाली संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन कोशी प्रदेशको राजधानी विराटगरमा मिति २०८१ फागुन २५–२७ मा गर्ने निर्णय भएकोमा प्राविधिक कारणले गर्दा समय फेरबदल गरिएको छ ।

महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको गरिमामय प्रमुख आतिथ्यतामा गर्ने निर्णय गरेको छ । 

 प्रेस चौतारी नेपालको १० औं महाधिवेशनलाई हामी श्रमजीवी पत्रकारहरुको उत्सवको रुपमा सम्पन्न गर्न चहान्छौं विज्ञप्तिमा भनिएको छ । यसलाई भव्यताको साथ सम्पन्न गर्नका लागि साथ, सहयोग र शुभेच्छाको लागि हार्दिक अपिल समेतगरिएको छ ।

   

You cannot copy content of this page