कञ्चनरूप, १५ फागुन । रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरुप-१२ रुपनगरद्वारा आयोजित नन्दराज कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमामा महुली फुटबल क्लबले मा दुर्गा युवा क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार कञ्चनरुप-१२ स्थित सुन्दरि खेल मैदानमा भएको खेलमा महुली फुटबल क्लबले मा दुर्गा युवा क्लबलाई ४-१ गोलको अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।
खेल शुरु ७ औं मिनेटमा महुली फुटबल क्लबका जर्सि नम्बर १२ का दिलकुमार मगरले १ गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको १० औं मिनेटमा महुली फुटबल क्लबका जर्सि नम्बर ६ का मोहन भुजेलले १ गोल गरि आफ्नो टिमलाई २-० ले अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा महुली फुटबल क्लबका जर्सि नम्बर १७ का गौतम चौधरीले १ गोल गरि खेललाई ३-० मा ल्याएका थिए ।
३३ औं मिनेटमा मा दुर्गा युवा क्लबका जर्सि नम्बर १४ का राधे सरदारले १ गोल गरि खेललाई ३-१ मा ल्याउन सफल भएका थिए ।
महुली फुटबल क्लबका जर्सि नम्बर ४ का रोशन राइले ३३ औं मिनेटमा १ गोल गरि खेल ४-१ गोलमा पुग्न गइ आफ्नो टिमलाई फाइनलमा पुर्याउन सफल भएका थिए ।
महुली फुटबल क्लबका जर्सि नम्बर १७ का गौतम चौधरी म्यान अफ दि म्याच भए ।
फाइन खेल १७ गते शनिबार १ बजे महुली फुटबल क्लब र जगतपुर फुटबल क्लब बिच हुने क्याम्पसका प्रमुख प्राध्यापक दिपक कुमार गजुरेलले बताए ।



