खेलकुद समाचार

‘नन्दराज कप’ फूटबल प्रतियोगिताको उपाधि  महुलीले जित्यो 

कञ्चनरूप, १७ फागुन  । रूपनगर क्याम्पसको आयोजना तथा ‘जवाफ एडुकेसन्स’ र शगुन संग्रौला मुख्य प्रायोजक रहेको ‘नन्दराज कप’ फूटबल प्रतियोगिताको उपाधि महुली फुटबल क्लबले हात पारेको छ । 

कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित सुन्दरी खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा महुली फुटबल क्लबले जगतपुर फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेर उपाधि हात पारेको हो ।

उपाधिसँगै महुली फुटबल क्लबले २५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उपविजेता जगतपुर फुटबल क्लबले ११ हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । 

खेल शुरु भएको पहिलो हाफको ३०औं मिनेटमा महुली फुटबल क्लबका जर्सि नम्बर ७ का तिर्थ मगरले १ गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तिर्थ मगरले गरेको १ गोल नै निर्णायक गोल हुन पुगि महुलि फुटबल क्लब बिजेता बन्न सफल भयो । महुली  फुटबल क्लबका  सुमित तामाङ  म्यान अफ दि म्याच भए ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले ‘नन्दराज कप’ फूटबल प्रतियोगिताका विजेता तथा उपविजेता क्लबलाई नगद पुरस्कार तथा शिल्डले सम्मानित गर्नुभएको थियो । 

क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले विजेता क्लबका खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गर्नुभयो भने क्याम्पस सञ्चालक समिति सदस्य तथा कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष देवि वहादुर खत्रीले उपविजेता टोलीका खेलाडीहरूलाई मेडल लगाइदिएर सम्मान गर्नुभयो । त्यसै गरी, जिल्ला खेलकूल विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलले विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई प्रमाणपत्रले सम्मानित गर्नुभयो।

खेल अवधि भर सबैभन्दा बढि गोल गर्ने करण सरदार , उत्कृष्ट गोल किपर शशिकान्त चौधरी, वेस्ट खेलाडी दिलकुमार मगर भए उनीहरुलाई प्रमाणपत्र , मेडल र कप पुरस्कार दिइएको थियो ।

प्रमुख अतिथि संग्रौलाले खेलाडीहरुको मनोबल बढाउनका लागि क्याम्पसले फुटबल प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । खेलाडीहरुको वृद्धि बिकास र खेल क्षेत्रको बिकास भए मात्र समाजमा परिवर्तन आउने उहाँले भन्नुभयो । आगामी दिनमा पनि यस्ता प्रतियोगिताको आयोना गरिने संग्रौलाले बताउनुभयो ।

१२ नम्बर वडाका वडा अध्यक्ष देवीबहादुर खत्रीले खेलाडीहरुलाई हौसला प्रदान गर्नको लागि क्याम्पसले फुटबल प्रतियोगिताको आयोजना गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिनुभयो । 

खेलकुद बिकास समिति सप्तरीका प्रमुख दिनेश भुजेल , नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्य लगायतका बक्ताहरुले खेलाडीहरुले अनुशासित भइ खेल खेलेमा खेलाडीहरुको भविस्य उज्वल हुने बताउनुभयो ।

क्याम्पस प्रमुख दिपक कुमार गजुरेलले प्रतियोगितामा प्रतक्ष , अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रदान गर्नुभयो ।

रेफ्रि ध्रुव चौधरी  , लाइन्स म्यान दिलिप मण्डल, अर्जुन बस्नेत  , क्याम्पसको तर्फबाट उत्कृष्ट खेल प्रस्तुत गर्ने मनिष लामिछाने , अफताब अलि , खेलकुद संयोजक रुपेश चौधरीलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

सुभान अलिद्वारा संचालित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख दिपक कुमार गजुरेलले गर्नुभएको थियो ।

रूपनगरको सुन्दरी खेल मैदानमा यही फागुन ०७ गते आरम्भ भएर फागुन १७ गते सम्पन्न प्रतियोगितामा १६ वटा फूटबल टोली सहभागी थिए ।

   

You cannot copy content of this page