मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

गाँजा बोकेको भारतिय नम्वरको एम्वुलेन्स सहित चालक पक्राउ

सुनसरी, २१ वैशाख  । सुनसरी प्रहरीले रामधुनी नगरपालिका-६ स्थितबाट लागूऔषध गाँजा बोकेको भारतिय नम्वरको एम्वुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । 

शनिबार राती ९ बजे रामधुनी-६ पिडारी स्थितबाट BR38P5414 नम्वरको भारतिय एम्बुलेन्समा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो । 

गाँजा बरामद भएसंगै एम्वुलेन्स चालक बराहक्षेत्र नगरपालिका-४ का २५ बर्षीय श्रीराज कुमार साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतिय नम्वरको एम्वुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा सवारी साधनहरु चेक जाँच गर्ने उक्त भारतीय नम्वरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो । 

बरामद गाँजा एम्वुलेन्स र साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page