मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

धरानमा ८२ किलोग्राम गाँजा सहित २० वर्षीय लिम्बु पक्राउ

सुनसरी, ११ जेठ । सुनसरीको धरानमा ८२ किलोग्राम गाँजा सहित एक जना युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. १५ देवी गाँउ स्थितबाट शनिबार प्रहरीले लागुऔषध गाँजा सहित धनकुटा चौबिसे बस्ने २० बर्षीय अर्जुन लिम्बुलाई पक्राउ गरेको हो ।

शनिबार राती पौने ९ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटएको प्रहरी टोलीले लिम्बुलाई प्र.१-०२-०४४ प ४३२० नम्बरको मोटरसाईकलमा ४ वटा बोरामा लोड गरि ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो । 

गाँजा सहित पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page