मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

पौडी खेल्ने क्रममा सिंघिया खोलामा डुवेर ६ बर्षीय बालकको मृत्यु

विराटनगर, जेठ १६ गते । मोरङको विराटनगर महानगरपालिका-१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ ।  

बिहीबार अपरान्ह खोलामा पौडी खेल्ने क्रममा जहदा गाउँपालिका-२ का श्रवण महतोको ६ बर्षीय छोरा कुस कुमार महतोको डुबेर मृत्यु भएको हो । 

पौडी खेल्ने क्रममा खोलामा डुबी बेपत्ता भएको भन्ने खवर स्थानीयले प्रहरी जानकारी गराएका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट तत्काल प्रहरी टोली खटी स्थानिय बासीको सहयोगमा खोजी गर्दा पानीमा डुवी मृत अवस्थामा बालकलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  । 

मृतक बालकको शवलाई पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर लगिएको छ भने  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page